साफ आयोजना गर्न एन्फालाई ५ करोड

साफ आयोजना गर्न एन्फालाई ५ करोड


नेपालमा १३ औं संस्करणको साफ च्याम्पियनसिप आयोजना गर्न सरकारले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ५ करोड रुपैयाँ दिने भएको छ ।

एन्फाले साफ आयोजनाको लागि कुल १० करोड खर्च हुने जनाएको छ ।साफ आयोजनाका लागि सरकारले ५ करोड दिने निर्णय गरेको हाे । 

शुक्रबार बसेको एन्फाको आपतकालीन केन्द्रिय कार्यसमितिको बैठकले साफको लागि ५ करोड रुपैयाँ प्रदान गर्ने मन्त्री स्तरीय निर्णय गरेकोमा सरकारलाई धन्यवाद दिने निर्णय गरेको छ।

नेपालसँगै श्रीलंका, भारत र माल्दिभ्सले समेत आयोजनाका लागि दाबी गरेका छन् । साफले नेपाललाई  प्रतियोगिता आयोजना गर्न औपचारिक प्रस्तावसमेत गरिसकेको छ ।

Logo