१०० मिटर दौडको ओलम्पिक पदकमाथि जमैकाको वर्चश्व

१०० मिटर दौडको ओलम्पिक पदकमाथि जमैकाको वर्चश्व


जमैकाकी इलानी थम्पसन हेराले टोकियो ओलम्पिकमा १०० मिटर दौडको स्वर्ण जितेकी छिन् ।

जमैकाकी यी धाविकाले २०१६ मा रियो ओलम्पिकमा पनि यो स्वर्ण जितेकी थिइन् । 

यसपटक उनले स्वर्ण जित्ने क्रममा आफ्नै देशकी सेली एन फ्रासर प्राइसलाई पछि पारिन् ।

२९ वर्षीया थम्पसनले १०.६१ सेकेन्डमा दौड पूरा गरिन् । उनी १०० मिटरतर्फको विश्व कीर्तिमान नजिक पुगे पनि त्यसलाई बराबरी गर्न भने ०.१२ सेकेन्डले चुकिन् ।  

१०० मिटरतर्फ ओलम्पिकमा जमैकाकै सेरिका ज्याक्सनले कास्य जितिन् । रजत विजेता प्राइसभन्दा उनी केवल ०.०२ सेकेन्डले पछि थिइन् । प्राइसले १०.७६ सेकेन्डमा दौड पुरा गरिन् । 

Logo