बार्सिलोना विजयी

बार्सिलोना विजयी


प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा स्पानिस क्लब बार्सिलोनाले जर्मन क्लब भिएबबी स्टुटगार्डमाथि सहज जीत हात पारेको छ ।

शनिबारराति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टोली माथि सहज जित हात पारेको हो । खेलको २१औं मिनेटमा यसै सिजन फ्रान्सेली क्लब लियोनबाट बार्सिलोना आएका डच फरवार्ड मेम्फिस डिपाएले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ३५औं मिनेटमा युवा मिडफिल्डर युसुफ डेमिरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

७४औं मिनेटमा सब्सिच्युट रिकी पुचले गोल गर्दै बार्सिलोनाको जित पक्का गरे । उनले ग्रिजमनकै पासमा गोल गरेका थिए । प्रि–सिजनको मैत्रीपुर्ण खेलमा बार्सिलोनाको यो लगातार तेस्रो जित हो । बार्सिलोनाले यसअघि जिम्नास्टिक र जिरोनालाई हराएको थियो । 

Logo