बायर्नमाथि नापोलीकाे जीत

बायर्नमाथि नापोलीकाे जीत


प्रि-सिजनको तयारी अन्तर्गतको मैत्रीपूर्ण खेलमा जर्मन क्लब बायर्न म्युनिखमाथि नापोलीले जीत दर्ता गरेकाे छ । शनिबारराति भएको खेलमा बायर्न इटालियन क्लब नापोलीसँग ३-० गोल अन्तरले पराजित भएको हो ।

बायर्नको मैदानमा खेलको ६९ औं मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई अग्रता दिलाएका थिए । ७१ औं मिनेटमा भिक्टरले व्यक्तिगत दोस्रो गोल गर्दै नापोलीलाई २-० को अग्रता दिलाए । त्यसपछि खेलको ८५ औं मिनेटमा जिनेदिनले गोल गर्दै टोलीलाई ३-० को सहज जित दिलाए ।

Logo