टोकियो ओलम्पिक कुम्भमेलाः चीनको अग्रता कायमै

टोकियो ओलम्पिक कुम्भमेलाः चीनको अग्रता कायमै


जारी विश्व खेलकुदको कुम्भमेला ३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद टोकियो ओलम्पिकको पदक तालिकामा चीनले शीर्ष स्थानमा आफ्नो अग्रता कायमै राखेको छ । 

यस क्रममा चीनले २३ स्वर्ण, १४ रजत र १२ कास्यपदक गरी कुल ४९ पदक हात पारेर अग्रता कायम गरेको छ । त्यस्तै, दोस्रो स्थानको अमेरिकाले २० स्वर्ण, २० रजत र १४ कास्यपदकसहित कुल ५४ पदक जितेको छ । तेस्रो स्थानमा रहेको जापानले १७ स्वर्ण, ५ रजत तथा ८ कास्य पदकसहित कुल ३० पदक जितेको छ ।

अष्ट्रेलिया १४ स्वर्णसहित ३१ पदक जितेर चौथो स्थानमा रहँदा रसियन ओलम्पिक टिमले ११ स्वर्णसहित कुल ३८ पदक जितेर पाँचौं स्थानमा छ ।

यस्तै, ब्रिटेन ९ स्वर्ण जितेर छैठौं स्थानमा रहँदा दक्षिण कोरिया ५ स्वर्णसहित सातौं स्थानमा रहेको छ । त्यस्तै फ्रान्स, नेदरल्यान्ड्स र न्यूजील्याण्डले ४÷४ स्वर्ण हात पर्दा जर्मनी, क्यानडा, स्विट्जरल्यान्ड, क्रोएसिया र चेक रिपब्लिकले ३÷३ स्वर्ण पदक जितेका छन् । २ स्वर्ण जित्नेमा इटाली, चाईनिज ताइपे, हंगेरी, कोसोभो र स्लोभानिया रहेका छन् । त्यस्तै १ स्वर्ण जित्ने राष्ट्रको संख्या ३० पुगेको छ।

आइतबार अपरान्ह २ बजेसम्म कुल १ सय ६६ स्वर्ण पदकको छिनोफानो भएको छ, जसमा रसियन ओलम्पिक टिमसहित कुल ५० राष्ट्रले स्वर्ण पदक जितेका छन् ।

Logo