टोकियो ओलम्पिकः जर्मनीका अलेक्जेन्डरले जिते टेनिसमा स्वर्ण

टोकियो ओलम्पिकः जर्मनीका अलेक्जेन्डरले जिते टेनिसमा स्वर्ण


जर्मनीका खेलाडी अलेक्जेन्डर जभेरेभले जारी ३२औं ओलम्पिक खेलकुद टोकियो ओलम्पिकमा पुरुष टेनिसतर्फ स्वर्ण पदक जितेका छन् । 

आइतवार सम्पन्न फाइनलमा आरओसीका करेन खाचानोभलाई ६–३ ६–१ को सोझो सेटमा पराजित गरी जभेरेभले स्वर्ण पदक पाएका हुन् ।
 
सेमिफाइनलमा महान् खेलाडी नोभाक जोकोभिचलाई हराएर सनसनी मच्चाएका जभेरेभले स्वर्ण पदक हात पारेर देशलाई थप एक स्वर्ण दिलाएका हुन् । योसँगै जर्मनीको स्वर्ण पदक संख्या ४ पुगेको छ । यसअघि महिला टेनिसमा स्वीट्जरल्यान्डकी बेलिन्दा बेनचिचले स्वर्ण पदक जितेकी थिइन् ।  

Logo