बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशी, विजेताले ७५ लाख पाउने

बढ्यो एन्फा ए डिभिजन लिगको पुरस्कार राशी, विजेताले ७५ लाख पाउने


असोजबाट कात्तिकका लागि सारिएको सहिद स्मारक ए डिभिजन लिगको विजेताले ७५ लाख नगद पुरस्कार प्राप्त गर्ने भएको छ । 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको छ । एन्फाले यस पटक पुरस्कार राशीमा वृद्धि गरेर ७५ लाख पु¥याएको हो । यस अघिको सिजनमा च्याम्पियनले ५० लाख रुपैयाँ प्राप्त गरेको थियो । नयाँ सिजनको लिगको  उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०÷२० लाख समेत उपलब्ध गराउने छ ।

यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा) ले लिग शुरु हुने मिति पछि सारेको छ । परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ । ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो । 

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने सम्भावना भएकाले लिग पछाडी सारिएको हो । साफ आयोजनाको लागि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेका छन् ।

Logo