टोकियो ओलम्पिकः एउटै स्पर्धामा दुई खेलाडीलाई स्वर्ण

टोकियो ओलम्पिकः एउटै स्पर्धामा दुई खेलाडीलाई स्वर्ण


जापानमा जारी ३२ औं गुष्मकालीन टोकियो ओलम्पिकमा एकै स्पर्धामा दुई खेलाडीले स्वर्ण पदक जितेका छन्। टोकियो ओलम्पिक अन्तर्गत पुरुषको हाइजम्पमा दुई खेलाडीले स्वर्ण पदक जितेका हुन्।

कतारका मुताज बर्शिम र इटालीका जियानमारको ताम्बेरीले स्वर्ण पदक पाएका हुन्। यस स्पर्धामा दुबै खेलाडीले २.३७ मिटरको उचाई पार गरेका थिए। करिब २ घण्टा चलेको प्रतिस्पर्धामा उनीहरुले पुरानो नतिजा तोड्ने प्रयास गरेका थिए। तर, दुबै खेलाडी असफल भएका थिए।

त्यसपछि दुबै खेलाडीले स्वर्ण पदक बाँढ्ने निर्णय गरेका थिए। र, दुबै खेलाडीले एक अर्कासँग खुशी साटेका थिए। एथलेटिक्समा सन् १९१२ पछि पहिलो पटक पदक बाँडिएको हो। बेलारुसका माक्सिम नेदसेकाउले २.३७ मिटर उचाई पार गर्दै कास्य पदक जिते।  

Logo