मुख्य प्रशिक्षक अलमुताइरीले किन मागे माफी ?

मुख्य प्रशिक्षक अलमुताइरीले किन मागे माफी ?


नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले माफी मागेका छन् । 
प्रशिक्षक अलमुताइरीले एक अनलाइन मिडियासँग गरिएको कुराकानीको अभिव्यक्तिलाई लिएर विवाद भएपछि माफी मागेका हुन् ।

उनले फेसबुकमा उल्लेख गरेका छन्, ‘नेपाली राष्ट्रिय टिम र खेलाडीहरूको बारेमा कुरा गर्दा मेरो इरादा मात्र बताउन खोजेको थिए । तर, मेरो बोल्ने तरिकाले पछिल्ला केही दिनहरूमा विवाद भइरहेको छ । यो मैले महशुस गरेको छु र यसको लागि माफी चाहन्छु ।’ 

केही समय पहिले अलमुताइरीले एक अनलाइनसँगको अन्तर्वार्तामा ३० वर्ष अघि नेपाली फुटबल खेलाडीहरू नतिजाका लागि भन्दा पनि नयाँ देश हेर्न र घुम्न मात्र जाने गरेको र आफ्नो आगमनपछि नतिजा आएको बताएका थिए । उनको त्यो अभिव्यक्ति पनि विवादमा आएको थियो ।

Logo