क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा

क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा


नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय  क्रिकेटबाट संन्यासको घोषणा गरेका छन् । आज उनले सामाजिक संजाल फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका हुन् ।

'नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो।', उनले भनेका छन् 'सन् २००२ मा १५ वर्षको हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, सहयोग र माया गर्नु हुने सबैप्रति ऋणी रहनेछु।'

यू-१५ टोलीबाट क्रिकेट खेल्न थालेका उनले सन् २००९ देखि २०१९ सम्म नेपाली राष्ट्रिय टोलीको नेतृत्व गरेका थिए। खड्काले राष्ट्रिय टिमको कप्तानबाट १५ अक्टोबर २०१९ मा राजीनामा दिएका थिए।

उनले क्रिकेटरका रूपमा आफूले मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव भूमिका निर्वाह गरेको बताएका छन्। 

 

Logo