टोकियो ओलम्पिकः जापानलाई स्तब्ध बनाउँदै स्पेन फाइनलमा

टोकियो ओलम्पिकः जापानलाई स्तब्ध बनाउँदै स्पेन फाइनलमा


स्पेनको यू–२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ। मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १–० गोल अन्तरले स्तब्ध पार्दै स्पेन स्वर्ण नजिक पुगेको हो।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो। अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो नायक बने। उनले खेलको १ सय १५ औं मिनेटमा निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए।

एसेन्सियोले मिकेल ओयार्जाबलको पासमा गोल गरे। अब स्पेनले स्वर्ण पदकको लागि ब्राजिलसँग शनिबार प्रतिस्पर्धा गर्नेछ । ब्राजिलले मेक्सिकोलाई पेनाल्टी सुटआउटमा ४–१ ले हराएर फाइनल यात्रा तय गरिसकेको छ। 

Logo