चेल्सीलाई यूइएफए सुपर कपको उपाधि

चेल्सीलाई यूइएफए सुपर कपको उपाधि


चेल्सीले यूइएफए सुपर कपको उपाधि जितेको छ । बिहीबार बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

२७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले खेलमा अग्रता लिएको थियो । ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान छिरका किपा अरिजाब्लागाले कप्तान राउल अल्बिओलको प्रहार रोकेपछि विन्डसर पार्कमा चेल्सी च्याम्पियन बनेको हो । पहिलो हाफमा उत्कृष्ट प्रदर्शन गरेको चेल्सीका लागि खेलको अन्तिम समयमा किपा मैदान छिरेका थिए ।

चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो । युइएफले हरेक वर्ष सिजन सुरु हुनुअघि युरोपेली क्लब फुटबलका दुई ठूला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ । नयाँ सिजन सुरु हुनुअघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए । प्रतियोगिता पहिलो पटक नर्दन आयरल्याण्डमा १३ हजार दर्शक समक्ष भएको हो ।

Logo