किरणलाई ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड

किरणलाई ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड


नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् । भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले बिहीबार चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ ।

यस अघि चेम्जोङले ‘आईलिग फ्यान अफ दि सिजन’ अवार्ड जितेका थिए । किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए । उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए। यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए।

किरण आईलिगको उत्कृष्ट गोलकिपरसमेत चुनिएका थिए। उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरेका थिए। आईलिगको उपाधि भने गोकुलम केरेलाले जितेको थियो।

Logo