मेस्सीले रिम्सविरुद्ध फ्रेन्च लिग वानमा डेब्यु गर्ने

मेस्सीले रिम्सविरुद्ध फ्रेन्च लिग वानमा डेब्यु गर्ने


हालसालै पेरिस सेन्ट जर्मेन (पीएसजी) मा आवद्ध भएका स्टार लियोनल मेस्सीले रिम्सविरुद्ध खेल्दै फ्रेन्च लिग वानमा डेब्यु गर्ने भएका छन्। पीएसजीले आगामी अगस्ट २९ मा रिम्ससँग उसैको मैदानमा खेल्नेछ। 

अर्जेन्टिनाका कप्तान मेस्सीलाई पीएसजीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो। बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन्। ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन्। तर, मेस्सीले डेब्यु गर्ने मौका पाएका छैनन्।

मेस्सी अनुबन्ध भएपछि पीएसजीले एक खेल खेलेको छ। पीएसजीले दुई खेलमा लगातार जीत निकालेको छ। मेस्सीले पीएसजीको टिमबाट मात्र तीन पटक प्रशिक्षण गरेको बताईएको छ। उनको फिटनेसमा समस्या देखिएको बताइएको छ। मेस्सीले प्रि–सिजनको तयारी समेत गर्न पाएका थिएनन्।

Skip This
Logo