च्याम्पियन्स लिगः ‘प्लेयर अफ दि इयर’ को मनोनयन सार्वजनिक

च्याम्पियन्स लिगः ‘प्लेयर अफ दि इयर’ को मनोनयन सार्वजनिक


यूईएफए च्याम्पियन्स लिग फुटबलको प्लेयर अफ दि इयरको मनोनयन सार्वजनिक भएको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार मनोनयन सार्वजनिक गरेको हो। 

पुरुषको प्लेयर अफ दि इयर मनोनयनतर्फको शीर्ष तीनमा जोर्गिन्हो, केभिन डेब्रुइन, र एनगोलो कान्टे रहेका छन्। यस्तै लियोनल मेस्सी, रोबर्टो लेवान्डोस्की, जियानलुइजी डोनारुम्मा, केलियन एमबाप्पे, रहिम स्टर्लिङ, क्रिस्टियानो रोनाल्डो र अर्लिङ हालाण्ड शीर्ष १० मा रहेका छन्।

महिलातर्फ शीर्ष तीनको मनोनयनमा जेन्नी हेर्मोसो, लिकी मार्टेन्स र एलेक्सिया पुटेलास छन्। पुरुषको कोच अफ दि इयरको मनोनयनमा पेप ग्वार्डीओला, रोबर्टो मान्सिनी र थोमस टुचेल शीर्ष तीनमा रहेका छन्। महिलाको मनोनयनमा लुइस कोर्टेस, पिटर गेर्हार्डसन र इम्मा हाएस शीर्ष तीनमा रहेका छन्।

Logo