लेवान्डोस्की नायक बन्दा बायर्नको सानदार जित

लेवान्डोस्की नायक बन्दा बायर्नको सानदार जित


पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक पुरा गरेपछि बायर्न म्युनिखले जर्मन बुन्डेसलिगामा हर्था बर्लिनमाथि सानदार जीत निकालेको छ ।

घरेलु मैदानमा थोमस मुलर र जमल मुसिएलाले गोल थपेपछि बायर्नले हर्था बर्लिनमाथि ५–० को फराकिलो जित आत्मसात गरेको हो ।

जारी सिजनमा लेवान्डोस्कीको यो पहिलो ह्याट्रिक हो । लेवान्डोस्कीले यो सिजनको तीन खेलमा आफ्नो गोलसंख्या ५ पुर्‍याइसकेका छन् ।

जीतसँगै अपराजित रहेको बायर्न ३ खेलबाट ७ अंक जोड्दै बुन्डेसलिगाको दोस्रो स्थानमा उक्लिएको छ । 

Logo