टेस्ट क्रिकेट वरियताः इंग्ल्यान्डका कप्तान रुट शीर्ष स्थानमा

टेस्ट क्रिकेट वरियताः इंग्ल्यान्डका कप्तान रुट शीर्ष स्थानमा


अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले अपडेट गरेको नयाँ  वरियतामा इंग्ल्यान्डका कप्तान जोए रुट टेस्ट क्रिकेटको ब्याट्सम्यानतर्फ शीर्ष स्थानमा उक्लिएका छन् । 

न्युजिल्याण्डका कप्तान तथा ब्याट्सम्यान केन विलियम्सनलाई पछि पार्दै रुट शीर्ष स्थानमा उक्लिएका हुन् । 

भारतविरुद्धको टेस्टमा उत्कृष्ट प्रदर्शन गरिरहेका रुट शीर्ष स्थानमा उक्लिएका हुन् । रुट करिब ६ वर्षपछि शीर्ष स्थानमा फर्किएका हुन् । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ तेस्रो स्थानमा रहेका छन् ।  

यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने चौथो र भारतका रोहित शर्मा पाँचौ स्थानमा उक्लिएका छन् । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली छैटौं स्थानमा झरेका छन् ।

पाकिस्तानका कप्तान बाबर आजम सातौं, अष्ट्रेलियाका डेभिड वार्नर आठौं, क्विन्टन डी कक नवौं र हेनरी निकोल्स दशौँ स्थानमा रहेका छन् । 

बलिङतर्फ अष्ट्रेलियाका प्याट कमिन्स शीर्ष स्थानमा यथावत रहेका छन् । भारतका रविचन्द्र आश्विन दोस्रो, न्युजिल्यान्डका टिम साउथी तेस्रो स्थानमा छन् । अष्ट्रेलियाका जोस हाजलउड चौथो र इंग्ल्यान्डका जेम्स एण्डरसन पाँचौ स्थानमा छन् । 

अलराउण्डरतर्फ वेष्ट इन्डिजका जासन होल्डर शीर्ष स्थानमा छन् । इंग्ल्यान्डका बेन स्टोक्स दोस्रो र भारतका रबिन्द्र जडेजा तेस्रो स्थानमा रहेका छन् । भारतका रविचन्द्र आश्विन चौथो र बंगलादेशका शाकिब अल हसन पाँचौ स्थानमा छन् ।
 

Skip This
Logo