रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडी, कति पुग्यो गोल संख्या?

रोनाल्डो बने अन्तर्राष्ट्रिय फुटबलमा धेरै गोल गर्ने खेलाडी, कति पुग्यो गोल संख्या?


पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । 

फिफा विश्वकप २०२० अन्तर्गत युरोपेली छनोटको खेलमा रिपब्लिक अफ आयरल्यान्डमाथि पोर्चुगलका रोनाल्डोले व्यक्तिगत दुई गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्। यससँगै ३६ वर्षीय रोनाल्डोको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ११ पुगेको छ ।

रोनाल्डोले इरानका अली दाईले १९९३ देखि २००६ को अवधिमा १ सय ४९ खेलमा १ सय ९ गोल गर्दै राखेको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा लेखाएका हुन्। रोनाल्डोले गएको जुलाईमा सम्पन्न युरो कपमा समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध पेनाल्टीमा गोल गर्दै दाईको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानको बराबरी गरेका थिए ।

पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोले सन् २००३ देखि हालसम्म १ सय ८० औं खेलमा यो कीर्तिमान हासिल गरेका हुन्। रोनाल्डोले ४४ राष्ट्रविरुद्ध गोल गरेका छन्। उनले लिथुआनिया र स्वीडेनविरुद्ध सबैभन्दा धेरै ७ गोल गरेका छन्। 

यस्तै रोनाल्डोले विश्वकप छनोट खेलमा ३३ गोल, युरोपियन च्याम्पियनशिप छनोट खेलमा ३१ गोल, मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा १९ गोल, युरोपियन च्याम्पियनशिपमा १४ गोल, विश्वकपमा ७ गोल, यूईएफए नेशन्स लिगमा ५ तथा कन्फेडरेशन्स कपमा २ गोल गरेका छन्।

Logo