दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित

दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ ले पराजित


दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नेपालका लागि तेज तामाङले भारतविरुद्ध एक गोल गरे। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी ओली र सरकारका गृहमन्त्री बालकृष्ण खाण दर्शकको रूपमा सहभागी भएको खेलमा तामाङले भारतविरुद्ध ८८ औं मिनेटमा आकर्षक गोल गरेका हुन्।

त्यसअघि भारतका सुनील क्षेत्री र फारुख चौधरीले समान १/१ गोल गरेका थिए। गएको बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा भने नेपाल र भारतले समान १/१ गोलको बराबरी खेलेका थिए।

Logo