कोरियन एम्बासडर राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दोमा पार्वतीलाई स्वर्ण

कोरियन एम्बासडर राष्ट्रिय भर्चुअल पुम्से तेक्वान्दोमा पार्वतीलाई स्वर्ण


नेपाल प्रहरीकी पार्वती गुरुङले १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्वान्दो प्रतियोगिताको महिला एकलको १८–३५ वर्षमा आइतबार स्वर्ण जितेकी छिन् ।

पार्वतीले ७.१३ अंक जोडिन् । ६.८४ अंकसाथ आर्मीकी सिना मादेन दोश्रो भइन् । तेश्रो स्थानमा रहेका आर्मीका आयेशा शाक्यले ६.६१ तथा प्रशंसा क्षेत्रीले ६.५४ अंक बटुले । शीर्ष तीन स्थान हात पार्ने सबै खेलाडी १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता हुन् । १३ औं सागमा आयशाले दोहोरो स्वर्ण जितेकी थिइन् ।

नेपाल तेक्वान्दो संघको आयोजना तथा नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोगमा भइरहेको प्रतियोगिताको पुरुष एकल १५–१७ वर्षमा गोदावरी इन्टरनेसनलका श्रृजल श्रेष्ठले ६.३८ अंक जोड्दै शीर्ष स्थान हात पारे । ६.३४ अंकमा आर्मीका सुजन श्रेष्ठ दोश्रो भए । मूलपानी तेक्वान्दो डोजाङका आयुश ढुंगेल र चन्द्रसूर्यका यज्ञ राईले तेश्रो स्थानमा चित्त बुझाए ।

महिला एकलको १२–१४ वर्षमा कोटेश्वरकी सन्ध्या लामा (६.५९ अंक) ले स्वर्ण तथा गोदावरीकी सर्गम थापा  (६.२८ अंक) ले रजत जिते । स्यूचाटारकी रोशनी शाह र सुप्रिमकी तारा वाइबाले संयुक्त रुपमा कांस्य जिते ।

Logo