लियोनल मेस्सीको शरीरमा भएका १८ ट्याटुहरुको यस्तो छ अर्थ

लियोनल मेस्सीको शरीरमा भएका १८ ट्याटुहरुको यस्तो छ अर्थ


अर्जेन्टिनी फुटबल लिजेण्ड लियोनल मेस्सीले लामो समयदेखि आफ्नो शरीरका धेरै अंगहरुमा ट्याटुले ढाक्दै आएका छन्। मेस्सीले ट्याटु हान्न आफ्नो टिममेड ब्राजिलियन फुटबलर डानी अल्भेसबाट प्रेरणा लिएका हुन्। जो आफ्नो पुरै शरीरमा ट्याटुको कारण परिचित छन्।

मेस्सी सुरुमा दुखाईबाट डराउँथे। त्यसैले मेस्सीलाई आफ्नी श्रीमती एन्टोनेलाले पहिलो एउटा ट्याटु बनाउन लगाइन्। मेस्सीले आफ्नो पहिलो ट्याटु बनाएपछि भने उनी रोकिएनन्। 

फुटबल स्टार मेस्सीले आफ्नो शरीरको पछाडी, हात, खुट्टा, कम्मरमा धेरै राम्रा तथा प्रभावशाली ट्याटुहरुको संकलन गरेका छन्। उनको प्रत्येक ट्याटु उनको लागि एक व्यक्तिगत महत्व राख्छ । 

मेस्सीको ट्याटु र तीनीहरुको अर्थ यस्तो छ: 

१. आमाको चित्र  
मेस्सीले आफ्नो ढाडको बायाँतिर आमाको पोट्र्रेट चित्र ट्याटु खोपेका छन्। 

अर्थः सबैलाई आफ्नो आमा प्यारो हुन्छ । त्यस्तै हामीलाई मनपर्ने फुटबलर मेस्सीलाई पनि उनकी आमा त्यतिकै प्यारो छ । किनकी उनी पनि एक आमाको छोरा हो । उनको पहिलो ट्याटु  नै उनकी आमा सेलियाको चित्र हो। मेस्सी सधैं आफ्नो आमाको धेरै नजिक छ। मेस्सीको सपनाहरुलाई हासिल गर्नको लागि उनको आमाले महत्वपूर्ण भूमिका साथै मद्दत गरेकी छिन्। त्यसैले पनि उनकी आमालाई मेस्सीको भाग्यशाली आकर्षणको रुपमा मानिन्छ।

मेस्सी एक प्रकारको पारिवारिक व्यक्ति हुन्। जसको पहिलो प्राथमिकता परिवार हो। आफ्नी आमाप्रति आफ्नो माया र सम्मान व्यक्त गर्नको लागि उनले आफ्नी आमाको चित्र आफ्नो पिठमा ट्याटुको रुपमा खोपे। 

२. ह्याण्डप्रिन्ट ट्याटु (हातको छाप)
ह्याण्डप्रिन्ट ट्याटु मेस्सीले आफ्नो बायाँ खुट्टाको पछाडी मांसपेशीमा बनाएका छन्। 

अर्थ: जब मेस्सी नोभेम्बर २, २०१२ मा पहिलो पटक बुबा बने, उनले आफ्नो खुट्टामा आफ्नो नवजात शिशु ‘थियागो’को हातको छापलाई ट्याटु बनाए। आफ्नो छोरा जन्मेको समयमा आफ्नी श्रीमती एन्टोनेलासँग बस्नको लागि मेस्सीले प्रशिक्षणसमेत छाडेका थिए। उनले ‘थियागो’को जन्मेको घोषणा आफ्नो फेसबुक पेजबाट गरेका थिए। 

उनले लेखेका थिए ‘आज म संसारको सबैभन्दा खुशी मानिस हुँ, मेरो छोरा जन्मेको छ र यो उपहारको लागि भगवानलाई धन्यवाद । साथै समर्थनको लागि परिवारलाई धन्यवाद सबैलाई माया ’

३. ‘थियागो’ 
‘थियागो’ ट्याटु पनि उनले आफ्नो बायाँ खुट्टाको पछाडी ह्याण्डप्रिन्ट ट्याटुभित्र खोपेका छन्। 

अर्थः मेस्सीले फेरि एक पटक आफ्नो नवजात छोरा ‘थियागो’को लागि आफ्नो बुबाको माया र स्नेह देखाउन ट्याटु खोपे। सुरुमा मेस्सीले आफ्नो छोराको हातको छाप एक सुन्दर मुटुको आकारमा खोपेका थिए। त्यसै ट्याटुको भित्र ‘थियागो’को नाम हस्ताक्षरको रुपमा बनाएका छन्। 

४. फुटबल 
मेस्सीले बायाँ खुट्टाको घुँडाको तलतिर फुटबलको ट्याटु बनाएका छन्। 

अर्थः मेस्सी सानै उमेरबाट एक फुटबलरको सपना बुन्थे। उनी बच्चैबाट आफ्ना दाजुभाईसँग फुटबल खेलेर हुर्किए। आज मेस्सी विश्वको सर्वश्रेष्ठ फुटबलर तथा महान् खेलाडी मध्येको एक मानिन्छन्। उनले यी सबै मात्र आफ्नो लक्ष्यको लागि आफ्नो समर्पणको माध्यमबाट हासिल गरेको छ। आफ्नो जोशको लागि आफ्नो सम्मान र भावनाहरुलाई व्यक्त गर्नको लागि उनले आफ्नो खुट्टामा फुटबलको ट्याटु बनाए। 

५. जेसुस (येशु)
उनको दाहिने हातमा खोपेको येशू ट्याटुको अर्थः सिंहासनको एक मुकुटसँग येशूको अनुहारको ट्याटु बनाएका मेस्सी धार्मिक विश्वासमा आस्था राख्छन् भन्ने बुझिन्छ । मेस्सीको यो ट्याटुले येशूलाई श्रद्धाञ्जलीसमेत व्यक्त गर्दछ। 

६. कमलको फूल
कमलको फूलको ट्याटु मेस्सीले आफ्नो दाहिने हातमा बनाएका छन्। यसको अर्थः मेस्सीको जन्मस्थान अर्जेन्टिनाको एक सानो शहर रोसारिया हो । मेस्सी एक सामान्य परिवारमा हुर्किएका व्यक्ति हुन्। उनीको सफलता र धन कमाउने कहानीको लागि यो एक उत्तम उदाहरण हुन् र उनको हातमा भएको कमलको ट्याटुले पनि त्यो स्पष्ट बताउँछ ।

यो मेस्सीको पुरा आस्तीन ट्याटुको एक हिस्सा हो र यसले प्रतिभा बढ्न सक्ने प्रतिक गर्छ । कमल फूलको धेरै आध्यात्मिक अर्थ पनि छ। सामान्यतया, यो पुनर्जन्म, नयाँ शुरुआत, शुद्धता र ज्ञानको प्रतिक हो। 

७. गुलाबको विन्डो 
गुलाबको बिन्डो मेस्सीले आफ्नो दाहिने हातको कुहिनोमा बनाएका छन्। 

अर्थः गुलाबको बिन्डो ट्याटु जो यो फुटबल स्टारको आस्तीन ट्याटुको एक प्रमुख विशेषता हो। बार्सिलोनामा यो साग्रादा फेमेलीया चर्चबाट प्रेरित छ।

८. किङ् क्राउन 
किङ क्राउन मेस्सीले उनको दाहिने हातमा ट्याटु बनाएका छन्।

अर्थः मेस्सीले आफ्नी श्रीमती एन्टोनेलाको लागि किङ क्राउन ट्याटु बनाएका छन् । मेस्सी र उनकी श्रीमती दुवैले दाहिने हातमा एउटै खालको ट्याटु बनाएका हुन् । यी दम्पतीले किङ र क्यूनको क्राउन ट्याटु बनाएका छन्। 

९ आँखा 
मेस्सीको दाहिने हातमा भएको आँखा ट्याटुको अर्थः मेस्सीले आफ्नी श्रीमती एन्टोनेलाको आँखा उनको हातमा बनाएका छन् । मेस्सी सन् २००८ देखि एन्टोनेलासँग प्रेम सम्बन्धमा थिए । मेस्सी पाँच वर्षको उमेरदेखि नै एन्टोनेलासँग परिचित थिए । 

उनीहरुले सन् २०१२ मा पहिलो छोरा थियागो र सन् २०१५ मा दोस्रो छोरा माटेओको आगमनको घोषणा गरेका थिए । जुन ३०, २०१७ मा दम्पतीको विवाह भयो र उनीहरुको विवाहपछि उनीहरुले मार्च २०१८ मा आफ्नो तेस्रो छोरालाई स्वागत गरे । 

१० विशाल घडी 
मेस्सीले आफ्नो दाहिने हातमा विशाल घडीको ट्याटु बनाएका छन्।

यसको अर्थः यो विशाल घडीले मेस्सीको पुरै दाहिने हात सजाउँछ । मेस्सी टाईमपीस कोग्सको रुपमा राम्रो छ। यो ट्याटुले साँच्चै परिभाषित गर्दछ कि समय सबैभन्दा मूल्यवान चीज हो एक व्यक्ति आफ्नो सम्पूर्ण जीवनकालमा खर्च गर्न सक्छ । 

११. टाइमपीस कग्स 
मेस्सीले दाहिने हातमा बनाएको टाइमपीस कोग्स ट्याटुको अर्थः टाइमपीस कोग्स ट्याटु समय बित्नेको अनुस्मारकको रुपमा मानिन्छ । प्रायः वर्तमान पलमा बाँच्नका लागि बितेको देखि वा भविष्यको बारेमा चिन्ताको लागि प्रतिबिम्बित गरिन्छ । 

१२. रोजरी 
दाहिने हातमा भएको मेस्सीको रोजरी ट्याटुको अर्थः मेस्सीले एक मालाको ट्याटु उसको गृहनगर रोसारियोको रुपरेखा बनाएको छ। जसमा मेस्सीको विभिन्न छविहरुको माध्यमबाट उनको जीवनको कथाहरुलाई चित्रण गरिएको छ। यो ट्याटुसँगै दक्षिण अमेरिकी र यूरोप ट्याटुको नक्शा पनि मिसिएको छ। यति मात्र होइन सम्पूर्ण क्षेत्रलाई समेट्नको लागि यो एक विशिष्ट रुप दिनको लागि सुन्तला रंगको फूलहरु पनि समावेश छन्। 

१३. १० नम्बर 
मेस्सीले आफ्नो देब्रे खुट्टामा १० नम्बरको ट्याटु बनाएका छन् ।

अर्थः १० नम्बर एफसी बार्सिलोना र अर्जेन्टिना राष्ट्रिय फुटबल टीमका लागि लियोनल मेस्सीको जर्सी नम्बर हो । 

१४. ड्राइगनसँगै पखेटा 
मेस्सीले ड्राइगनसँगै पखेटा आफ्नो बायाँ खुट्टामा बनाएका छन्। 

१५. जन्मदिन मिति 
उनको दुबै खुट्टामा जन्मदिन मितिको ट्याटु छ । 

अर्थः मेस्सीको देब्रे खुट्टामा उनको जेठो छोरा थियागोको हातको छाप ट्याटुभित्र मेस्सीले आफ्ना तिनै छोराहरु र उनकी श्रीमती एन्टोनेलाको जन्ममितिमा हस्ताक्षर खोपेका छन्। थियागोको जन्म मिति नोभेम्बर २, २०१२, मातेओको सेप्टेम्बर ११, २०१५ र सिरोको मार्च १० २०१८ र श्रीमतीको फेब्रुअरी २० १९८८ को ट्याटु बनाएका छन् । 

१६. चुम्बन ओठ
चुम्बन ओठ ट्याटु मेस्सीले आफ्नो कम्मरको रेखा तल बनाएका छन् ।

अर्थः यो चुम्बन वाला ओठ मेस्सीकी श्रीमती एन्टोनेलाको ओठ हो । दम्पति २००८ देखि प्रेममा थिए । लगभग १० वर्ष प्रेममा बसेर दम्पतीले सन् २०१७ मा लगानगाँठो बाँधे।  

१७. माटेओ 
मेस्सीको दाहिने हातमा माटेओ नामको ट्याटु छ।

यसको अर्थः मेस्सी आफ्नो छोराको नाम माटेओ आफ्नो हातमा खोपेका छन्। माटेओ सेप्टेम्बर ११, २०१५ मा जन्मेका थिए। माटेओ जन्मेपछि मेस्सी र एन्टोनेलाले जुन ३० २०१७ मा विवाह गरे। मेस्सीको ट्याटु प्रायः आफ्नो परिवारका सदस्यहरुलाई समर्पित छ। 

१८. दक्षिण अमेरिका र यूरोपको नक्शा 
दक्षिण अमेरिका र यूरोपको नक्शाको ट्याटु मेस्सीको दाहिने हातमा  छ। 

Logo