त्रिकोणात्मक सिरिजः नेपालले भोलि अमेरिकासँग खेल्ने

त्रिकोणात्मक सिरिजः नेपालले भोलि अमेरिकासँग खेल्ने


आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज भोलि सोमबारबाट सुरु हुँदैछ। ओमानको अल अमिरात क्रिकेट मैदानमा नेपालले सोमबार अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ।

अमेरिकाविरुद्ध मैदान उत्रँदा नेपाल सुखद् सुरुवात गर्ने योजनामा हुनेछ। नेपाल र अमेरिकाबीचको खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ।

लिग–२ अन्तर्गत नै नेपालले घरेलु मैदानमा अमेरिकासँग दुई खेल खेलेको थियो। जसमा नेपालले दुबै खेल जितेको थियो। जसको कारण नेपाल आत्मविश्वासी भएर मैदान उत्रनेछ। अमेरिका भने नेपालविरुद्ध बदलाको योजनामा हुनेछ।

फेबु्रअरी १२ मा टियु क्रिकेट मैदानमा नेपालले अमेरिकासँग पछिल्लो पटक प्रतिस्पर्धा गरेको थियो। त्यस खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराएको थियो। त्यसअघि सन् २०२० को फेब्रुअरी ८ मा भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो। 

नेपालले सिरिजको तयारीका लागि पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो। जसमा नेपालले २–० ले क्लिन स्विप गर्यो।

Logo