रोनाल्डोले गोल गरे पनि युनाइटेडको हार जोगाउन सकेनन्

रोनाल्डोले गोल गरे पनि युनाइटेडको हार जोगाउन सकेनन्


यूईएफए च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भएको हो ।

रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाए पनि युनाइटेड पहिलो हाफमा १० खेलाडीमा सीमित भएपछि खेलमा पकड गुमाउन पुगेको थियो । 

खेलको १३ औं मिनेटमा नै युनाइटेडले रोनाल्डोको गोलमा अग्रता लिएको थियो । २५ औं मिनेटमा डिफेन्डर आरोन वान बिसाकाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सीमित भयो । 

दोस्रो हाफको ६६ औं मिनेटमा निकोलस गमालेउले गोल गर्दै खेल बराबरीमा ल्याए । इन्ज्युरी समयको पाँचौ मिनेटमा रोनाल्डोको स्थानमा मैदान छिरेका लिंगार्डले गम्भीर गल्ती गरेपछि योङ ब्वाइज अग्रता लिँदै जित दर्ता गरेकाे हाे। 

Logo