माल्मोविरुद्ध युभेन्ट्सकाे सहज जित

माल्मोविरुद्ध युभेन्ट्सकाे सहज जित


युइएफए च्याम्पियन्स लिगको समूह चरणको पहिलो राउन्डको खेलमा इटालियन क्लब युभेन्ट्सले स्वीडिस क्लब माल्मो एफसीमाथि सहज जित हात पारेको छ ।

पहिलो हाफको तीन गोलमा युभेन्ट्सले घरेलु टोलीमाथि ३-० को सहज जित निकालेको हो । युभेन्ट्सको जितमा एलेक्स सान्द्रो, पाउलो डिबाला र अल्भारो मोराटाले गोल गरे ।

जीतसँगै समूह ‘एच’ मा युभेन्ट्स ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ । समान ३ अंक नै रहे पनि चेल्सी गोल अन्तरमा दोस्रो स्थानमा छ । 

Logo