चेल्सी विजयी

चेल्सी विजयी


साविकको विजेता इंग्लिस क्लब चेल्सीले युइएफए च्याम्पियन्स लिगको नयाँ सिजनको समूह चरणको पहिलो राउन्डको खेलमा रसियन क्लब जेनिट सेन्ट पिटर्सवर्गलाई पराजित गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबारराति भएको खेलमा चेल्सीले जेनिटमाथि १–० को झिनो जित निकालेको हो । 

खेलकाे ६८औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । जितसँगै ३ अंकका साथ चेल्सी तालिकाकाे दोस्रो स्थानमा छ । 

Logo