विश्वका धनि १५ फुटबलरः कसको सम्पति कति? (भिडियोसहित)

विश्वका धनि १५ फुटबलरः कसको सम्पति कति? (भिडियोसहित)


अहिले फुटबल संसारमै सबैभन्दा प्रसिद्ध खेल मानिन्छ। र यसको तीब्र विश्वव्यापी लोकप्रियतासँगै पैसाको कुरा आउँछ। विश्वमा थुप्रै चर्चित तथा स्टार फुटबल खेलाडीहरु छन्। उनीहरुसँग कति सम्पत्ति छ भन्ने विषय पनि सबैको चासोको विषय हो। तसर्थ आज हामी संसारका शीर्ष १५ धनी फुटबलरहरुको बारेमा चर्चा गर्न गइरहेका छौंः 

१. क्रिष्टियानो रोनाल्डोः नेट वर्थ ५०० मिलियन डलर 

क्रिष्टियानो रोनाल्डो  ५ पटक बालोन डी ओर अवार्ड विजेता हुन्, जुन फुटबलको सबैभन्दा प्रतिष्ठित व्यक्तिगत पुरस्कार हो। रोनाल्डोले युभेन्टसबाट बार्षिक ३१ मिलियन कमाउथे तर, उनी हालै मात्र इङलिस क्लब म्यानचेस्टर युनाइटेड पुगेका छन्। 

उनी फुटबल बाहेक मोटोरोला, नाइक, अरमानी र ट्याग हेउर जस्ता प्रसिद्ध ब्राण्डहरुको ब्राण्ड एम्बासडरको रुपमा पैसा कमाउँछन्। रोनाल्डोको आफ्नै सीआर सेभेन ब्राण्ड पनि छ, जसले आफ्टरसेभ र कपडाहरु बेच्दछ। उनी सबैभन्दा धनी फुटबल खेलाडी हुन्। फोब्र्सका अनुसार, रोनाल्डोको सँग ५०० मिलियन डलर सम्पत्ति छ। 

२. लियोनल मेस्सीः नेट वर्थ ४५० मिलियन डलर 

लियोनल मेस्सीले बार्सिलोनामा ३६.४ मिलियन डलर कमाउथे। तर, पछिल्लो समय बार्सिलोनासँगको आफ्नो सम्झौता नविकरण हुन नसक्दा उनी ४१ मिलियनमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका छन्। 

मेस्सीले फुटबलबाहेक एडिडास, गेटोरेड, पेप्सी, जिलेट र टर्किस एयरलाइन्सको ब्राण्ड एम्बासडरको रुपमा बार्षिक २७ मिलियन डलर कमाउँछन्। फोब्सका अनुसार, उनी २०२० मा विश्वव्यापी १०४ मिलियन डलर कमाउने दोस्रो सर्वाधिक एथलीट थिए। उनी ४५० मिलियन डलरको नेटवर्थको साथ अर्जेन्टिनाका फरवार्ड दोस्रो धनी फुटबलर हुन्। 

३. नेयमारः  नेट वर्थ २२० मिलियन डलर

नेयमार एफसी बार्सिलोनाबाट पीएसजीका लागि २२२ मिलियन डलर मूल्य हासिल गरि संसारको सबैभन्दा महँगो फुटबलर बनेका छन्। नेयमारले फुटबल बाहेक अरुबाट एक वर्षमा ३६ मिलियन डलर कमाउँछन्। नेयमार नाइक, पानासोनिक, भक्सवागन, रेड बुल र अरु धेरै ब्राण्डको ब्राण्ड एम्बासडरको रुपमा समेत सामेल छन्। 

४. ज्लाटन इब्राहिमोभिकः नेट वर्थ १९० मिलियन डलर 

म्यानचेस्टर युनाइटेडमा हुँदा ज्लाटनको तलब मोटो थियो तर, उनी एमएलएक्स, एलए ग्यालेक्सी र एसी मिलानमा गएपछि क्रमशः तलब कटौती गर्न बाध्य भए। तलब कटौतीका बावजुद उनको नेट वर्थ १९० मिलियन डलर उल्लेख गरिएको छ । उनी ज्लाटन निभिया, एक्सबक्स, भोल्भो र ड्रेसमेनसँग आबद्ध छन्, जसमा उनले लगानीसमेत गरेका छन्। 

५. ग्यारेथ बालेः नेट वर्थ १४० मिलियन डलर

रियल मड्रिडले ग्यारेथ बालेलाई २३.४ मिलियन डलर बार्षिक तिर्दै आएको छ। वेल्सका जादुगर खेलाडी ग्यारेथ सन् २०२२ सम्मका लागि ला लिगा जायन्ट्ससँग अनुबन्धित छन्। एडिडास, इलेक्ट्रोनिक आर्ट्स, सोनी र फुटलोकरसँग उनले ब्राण्ड एम्बासडरको रुपमा बार्षिक ११ मिलियन कमाउँछन्।

६. इडेन हाजार्डः नेट वर्थ १२० मिलियन डलर

इडेन हाजार्डले चेल्सीबाट प्रतिवर्ष १६ मिलियन डलर कमाउँथे। चेल्सीबाट रियल म्याड्रिड पुगेका उनी त्यहाँ सबैभन्दा धेरै कमाउने खेलाडीमध्ये एक हुन्। बेल्जियमका स्टार मिडफिल्डर नाइक कम्पनीद्वारा प्रायोजित छन्। यस्तै ट्रेडिङ कार्ड कम्पनी टप्स र बिस्कुट निर्माता लोटस बेकरीको ब्राण्ड एम्बासडरको रुपमा छन्। हाजार्ड वर्तमान समयमा सबैभन्दा राम्रो फुटबलरहरु मध्येका एक मानिन्छ। 

७. आन्ड्रेस इनिएस्टाः नेट वर्थ १२० मिलियन डलर 

बार्सिलोनाका पूर्व कप्तान इनिएस्टाको कुल सम्पत्ति १२० मिलियन डलर छ। फोब्सका अनुसार, उनी सन् २०१९ मा ३२.५ मिलियन डलर लिएर विश्वको ५ औं सबैभन्दा बढी तलब पाउने खेलाडी थिए। उनी हाल जापानी क्लब भिसेल कोबेका लागी खेल्छन्। ३७ वर्षीय इनिएस्टा कोबेमा सरेपछि नाइकसँग आफ्नो लामो समयदेखि चलेको प्रायोजन समाप्त भयो। 

त्यसपछि उनले एसिक्स र मिकाकुससँग ब्राण्ड एम्बासडरको रुपमा हस्ताक्षर गरे। उनले यी सबै प्रायोजनमा २ं५ मिलियन डलर कमाउँछन्। यसबाहेक उनले स्पेनको अल्बासेटमा रहको आफ्नै वाइनरीबाट इनिएस्टाले थप आम्दानी पनि गर्छन्। 

८. केलियन एमबाप्पेः नेट वर्थ ११० मिलियन डलर 

एमबाप्पे २०१७ मा मोनाकोबाट पेरिस सेन्ट जर्मेन (पिएसजी)मा अनुबन्धित भए । सुरुमा लोनमा पिएसजी पुगेका एम्बाप्पेलाई त्यसपछि भने उनको सेवाका लागि १७४ मिलियन सम्झौतामा हस्ताक्षर गरियो। उनी पिएसजीमा टिममेट नेयमारपछि सबैभन्दा धेरै कमाउने दोस्रो महँगा फुटबल खेलाडी हुन्।

बिजनेस म्यागजिन फोब्सका अनुसार, उनी २०२० को सबैभन्दा धेरै तलब पाउने चौथो फुटबलरको रुपमा थिए। एमबाप्पेको ४२ मिलियन डलर कमाई छ, जसमा २८ मिलियन डलर तलब र १४ मिलियन डलर अनुमोदनबाट कमाउँछन्। छिटो विस्तारित ब्राण्डका कारण एमबाप्पेको नेट वर्थ ११० मिलियन रहेको छ। 

९.मेसुत ओजिलः नेट वर्थ १०० मिलियन डलर 

मेसुत ओजिल ३० वर्षीय जर्मन फुटबल खेलाडी हुन्। जो हाल टर्कीको फेनेरबाही टीममा एक आक्रमणकारी मिडफिल्डरको रुपमा खेल्दछन्। २०१८ को सुरुवातमा ओजिलले आर्सनलसँगको आफ्नो सम्झौता नवीकरण गरे र २३.७ मिलियन डलर कमाई आफ्नो तलब बढाए। यसबाहेक उनी ६.५ मिलियन डलर समर्थन र प्रायोजनमा कमाउँछन्। उनी ड्रेद्वारा एडिडास, मर्सिडीज बेन्ज र बीट्ससँग आबद्ध छन्। 

१०. मोहम्मद सलाहः नेट वर्थ ९० मिलियन डलर 

मोहम्मद सलाह २०१७ मा ३६.५ मिलियन पाउण्डमा लिभरपुलमा अनुबन्धित भए। सलाहले ३ वर्षका लागि प्रतिहप्ता ९० हजार तलबमा सम्झौता गरेका थिए। उनले सन् २०१८ मा २०२३ सम्मका लागि लिभरपुलसँग प्रतिहप्ता २२ लाख तलबमा सम्झौता विस्तारमा हस्ताक्षर गरे। अनुबन्ध विस्तारले सलाह पल पोग्बा, केभिन डिब्रुइन, पियरे औबामेयाङ र डेभिड डेगेआ जस्ता इपीएलमा सबैभन्दा धेरै कमाउने खेलाडी हुन्।

सेलिबे्रटी नेट वर्थका अनुसार, सलाहको नेट वर्थ ९० मिलियन डलर रहेको छ। जुन लिभरपुलमा सामेल हुने बेला मात्र ३ मिलियन डलरले बृद्धि भएको हो। 

११. पल पोग्बाः नेट वर्थ ८५ मिलियन डलर 

पोग्बाले युनाइटेडसँग प्रतिहप्ता २ लाख ९० हजार डलर रकममा पाँच वर्षका लागि सम्झौतामा हस्ताक्षर गरेका छन् । फोब्सका अनुसार, पोग्बा २०१८ मा २९.५ मिलियन डलर कमाउने पाँचौं फुटबलर थिए। सन् २०१६ मा पोग्बाले १० वर्षको प्रायोजन सम्झौता एडिडाससँग ३१ मिलियनको हस्ताक्षर गरेका छन्। 
 
१२. रोबर्ट लेवान्डोस्कीः नेट वर्थ ८५ मिलियन डलर 

रोबर्ट लेवान्डोस्की बोरुसिया डर्टमण्टबाट एफसी बार्यनमा सन् २०१४ मा बसाई सरे। उनले आफूलाई वर्तमान समयमा सबैभन्दा खतरा स्ट्राइकरहरुमध्ये एकको रुपमा स्थापित गरे र ५०० गोल गर्न सफल पनि भएका छन्। उनी बुन्डेस्लिगाको सबैभन्दा राम्रो पारिश्रमिक लिने फुटबल खेलाडी हुन्। एफसी बार्यनसँग उनको सम्झौता २०२३ मा समाप्त हुनेछ। उनले एक हप्तामा ३ लाख ५० हजार तलब कमाउँछन्। २०२१ मा लेवान्डोस्कीको नेट वर्थ लगभग ८५ मिलियन डलर छ। 

१३. सर्जियो अग्युरोः नेट वर्थ ८० मिलियन डलर 

म्यानचेस्टर सिटीका फरवार्ड सर्जियोले १३.३ मिलियन डलर कमाउँछन्। यो भन्दा धेरै उनले प्रायोजकको रुपमा पुमा र पेप्सीबाट १८ मिलियन डलर कमाउँछन्।
 
१४. सर्जियो रामोसः नेट वर्थ ८० मिलियन डलर 

सर्जियो रामोस सन् २००५ पछि सेभिल्लाबाट रियल म्याड्रिडमा सामेल भएका थिए। त्यसपछि उनी म्याड्रिड टीमको एक महत्वपूर्ण सदस्य बने। १६ वर्ष रियल बसाईपछि भने रामोस हाल पेरिस सेन्ट जर्मेन (पिएसजी) मा आबद्ध भएका छन्। आफ्नो करियरको प्रारम्भिक बर्षहरुमा सेन्टर ब्याक पोजिसनमा खेलेका उनले पछि एक डिफेन्डरको रुपमा आफूलाई स्थापित गरे। हाल उनको कुल सम्पत्ति ८० मिलियन डलर उल्लेख गरिएको छ। 

१५. लुका मोड्रिचः नेट वर्थ ७५ मिलियन डलर 

पछिल्लो दशकको एक उत्कृष्ट मिडफिल्डरको रुपमा विकसित भएका लुका मोड्रिचले २०१८ विश्वकप र रियल म्याड्रिडमा उत्कृष्ट प्रदर्शन गरेपछि बालोन डी ओर अवार्ड हात पारेका थिए । क्रोएसियन फिडफिल्ड मोड्रिच संसारको सबैभन्दा धेरै तलब पाउने फुटबलर मध्ये एक हुन्। उनले  रियल म्याड्रिडमा साप्ताहिक दुई लाख ५० हजार कमाउँछन्। २०२१ मा उनको कुल सम्पत्ति ७५ मिलियन डलर रहेको छ। 

Logo