ईपीएल : यो सिजनको पहिलो अर्धशतक पवनको नाममा, काठमाडौंलाई १५८ रनको लक्ष्य

ईपीएल : यो सिजनको पहिलो अर्धशतक पवनको नाममा, काठमाडौंलाई १५८ रनको लक्ष्य


आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सका लागि पवन सर्राफले पहिलो अर्धशतक प्रहार गरेका छन् ।

टी–ट्वान्टी फर्मेटको क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौं किङ्स–११ विरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन् । यससँगै यो सिजनको पहिलो अर्धशतक सर्राफको नाममा दर्ता भएको छ । 

उनले  ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाएका हुन्  । उनले टिमका लागि ६१ रन जोडेका छन् । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोडे । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरको समाप्तिमा ८ विकेट गुमाएर १५७ रन बनाएको छ । ललितपुरले दिएको उक्त लक्ष्य पछ्याउँदै काठमाडौंले ब्याटिङ् सुरु गरेको छ ।
 

Logo