ईपीएलको पहिलो खेलमा काठमाडौंको शानदार जित

ईपीएलको पहिलो खेलमा काठमाडौंको शानदार जित


एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रियसमाथि शानदार जित हात पारेको छ । 
त्रिवि अन्तर्राष्ट्रिय मैदान भएको उक्त खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरले ८ विकेटको क्षतिमा १५७ जोडेको थियो । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले ३ विकेट गुमाएर १४ ओभर २ बलमा लक्ष्यसम्म पुग्न सफल भएको हो ।

काठमाडौंका तर्फबाट विदेशी खेलाडी र्यान ब्रुलले ३४ बल खेल्दै ७३ रनको योगदान दिएका थिए भने नेपाली खेलाडी राजु रिजालले १९ रनको जोडेका थिए । त्यस्तै विदेशी खेलाडी रमल्लाह गुरबाजले ३६ बलमा ५९ रनको योगदान दिएका थिए ।

काठमाडौंका लागि जितेन्द्र मुखियाले ४ विकेट लिएका थिए भने सन्दीप लामिछाने कुनै पनि विकेट लिन सकेनन् ।

त्यस्तै खराब सुरुआत गरेको ललितपुरका ओपनर कुशल भुर्तेल शून्यमा आउट भएका थिए भने विदेशी खेलाडी सनदुन वीराक्कोडी पनि २ रनमा आउट भएका थिए । यसपछि भने विदेशी खेलाडी ओसिन्डा फर्नान्डो ४ र शंकर राना १४ रनमा आउट भएका थिए ।

ललितपुरका लागि पवन सर्राफ ४० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ६१ रन जोड्नुका  साथै १ विकेटसमेत लिएका थिए । यस्तै योगेन्द्र सिंह कार्कीले ३३ रन जोडेका थिए ।

Logo