साबिक विजेता एट्लेटिकोको पहिलो हार

साबिक विजेता एट्लेटिकोको पहिलो हार


साविक विजेता एट्लेटिको मड्रिडले जारी स्पेनिस ला लिगामा पहिलो हार बेहोरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोली अलाभेसले एट्लेटिकोलाई १-० गोलले पराजित गरेको हो ।

अलाभेसको जितमा लागुर्डियाले गरेको एक मात्रै गोल निर्णायक बन्यो । उनले खेलको चौथो मिनेटमा गोल गरेका थिए । 

अलाभेसको यो पहिलो जित हो । यता, पराजित एट्लेटिकोले ७ खेलबाट १४ अंक जोडेको छ। एट्लेटिको अंक तालिकाको दोस्रो स्थानमा छ ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको रियल मड्रिडले ६ खेलबाट १६ अंक जोडेको छ ।

Logo