नेपाल र ओमानबीचकाे मैत्रीपूर्ण खेल आज

नेपाल र ओमानबीचकाे मैत्रीपूर्ण खेल आज


नेपाली राष्ट्रिय फुटबल टिमले ओमानसँग आज मैत्रीपूर्ण खेल खेल्दैछ । कतारकाे दोहास्थित कतार युनिभर्सिटीको मैदानमा दुइ देशबीच नेपाली समय अनुसार राति ९:४५ बजे प्रतिष्पर्धा हुँदैछ । 

साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । साफको तयारीका लागि नेपाली टिम कतारमा रहेका छन् ।

यस अघि नेपालले घरेलु मैदानमा भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा नेपालले एक बराबरी र एक हार व्यहोरेको थियो । नेपाली टिम कतारबाटै साफका लागि माल्दिभ्स जाने छन्।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ ।

Skip This
Logo