ईपीएलः विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

ईपीएलः विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य


चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराटनगर वारिवर्सले जीतका लागि चितवन टाइगर्सलाई १ सय ५२ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५१ रन बनाएको हो।

खराब सुरुवात गरेको विराटनगरका लागि सिकन्दर राजाले ६७ रनको अर्धशतकीय इनिङ्स खेल्दै टिमको इनिङ्स उकासेका थिए। उनले ४७ बलमा ७ छक्का र २ चौका प्रहार गरे।

यस्तै अनिल शाहले ३२ रन जोड्दा सौरभ खनालले अविजित ३० रन बनाए। बिक्रम भुसालले ७ रन जोड्दा अनिल खरेल शून्य रनमा अविजित रहे ।

विराटनगरका रायन पाठनले ४, चन्द्रपाउल हेमराजले २, कप्तान करण केसीले १ रन जोडे। सुमित महर्जन, प्रतिष जिसी र आसिफ शेखले खाता खोल्न सकेनन्। चितवनका कप्तान सोमपाल कामी, कमल ऐरी, करिम जनत र सागर ढकालले २/२ विकेट लिए।

Logo