एनभीए क्लब भलिबलः ढोरपाटनलाई पराजित गर्दै एपीएफको विजयी सुरुवात

एनभीए क्लब भलिबलः ढोरपाटनलाई पराजित गर्दै एपीएफको विजयी सुरुवात


छैटौँ संस्करणको एनभीए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विभागीय टोली नेपाल एपीएफ क्लबले पुरुषतर्फ विजयी सुरुवात गरेको छ । 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा आइतबार भएको दोस्रो खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–१ सेटको जित हात पारेको हो ।

पहिलो सेट २६–२८ ले गुमाएको एपिएफले दोस्रो सेट २५–१८, तेस्रो सेट २५–१४ र चौथो सेट २५–१५ ले आफ्नो पक्षमा पार्यो । जितसँगै एपिएफले तीन अंक जोडेको छ । 

Logo