रियल मड्रिड पराजित

रियल मड्रिड पराजित


यूईएफए च्याम्पियन्स लिगमा रियल मड्रिड पराजित भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मोल्डेभाको एफसी सेरिफसँग २-१ गोल अन्तरले पराजित भएको हो  ।

घरेलु मैदानमा करिम बेन्जिमाले एक गोल गरे पनि रियललाई हारबाट जोगाउन सकेनन् । खेलको २५ औं मिनेटमा जासुरबेक याख्सिबोभले गोल गर्दै सेरिफलाई असुरुवती अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काए ।तर, खेलको ८९ औं मिनेटमा सेबास्टियन थिलले गोल गर्दै सेरिफलाई २-१ को जित दिलाए ।

यस जितसँगै समूह डी को सेरिफले २ खेमा ६ अंक जोडेको छ । र, शीर्ष स्थानमा रहेको छ । रियल ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

Logo