ईपीएलः काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य

ईपीएलः काठमाडौंद्वारा चितवनलाई १४२ रनको लक्ष्य


चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा काठमाडौं किङ्स–११ ले चितवन टाइगर्सलाई जितका लागि १ सय ४२ रनको लक्ष्य दिएको छ ।

 त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो ।

काठमाडौंका लागि सुवास खकुरेलले सर्वाधिक ३५ रन बनाए । राजु रिजालले २८ रन जोड्दा जनक प्रकाशले २६ रन जोडे । रहमानउल्लाह गुर्बाजले ५, अमित श्रेष्ठले ६, अमर रौटेला ५, गुलशन झाले ४ रन जोड्दा रायन बुर्ल सुन्य रनमा आउट भए । सिद्दान्त लोहनी ८ तथा कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे ।

चितवनका सागर ढकालले ४ विकेट लिए । करिम जनतले दुई विकेट लिए । कमल ऐरी र सेकुगे प्रसन्नले एक एक विकेट लिए । 

काठमाडौं आज दोस्रो जितको खोजीमा रहेको छ । काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो । यस्तै चितवनसमेत दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो ।

Logo