रियल मड्रिड पराजित

रियल मड्रिड पराजित


स्पेनिस ला लिगामा रियल मड्रिड स्पानियोलसँग स्तब्ध भएको छ । आइतबार राति भएको खेलमा मड्रिड स्पानियोलसँग २-१ गोल अन्तरले पराजित भएको हो । 

१७औँ मिनेटमा राउल डि थोमसले घरेलु टोली  स्पानियोललाई अग्रता दिलाए । ६०औँ मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे ।

७१औँ मिनेटमा करिम बेन्जेमाले रियाल मड्रिडलाई लयमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भने भएन । ला लिगाको पछिल्लो खेलमा रियाल मड्रिड भिल्लारियालसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

रियल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्षस्थानमा छ । एट्लेटिको मड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ ।

 

Skip This
Logo