ईपीएलः काठमाडौंद्वारा पोखरालाई १८३ रनको लक्ष्य

ईपीएलः काठमाडौंद्वारा पोखरालाई १८३ रनको लक्ष्य


चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटमा काठमाडौं किङ्स–११ ले पोखरा राइनोजलाई जीतका लागि १ सय ८३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८२ रन बनायो।

काठमाडौंका लागि अमित श्रेष्ठ र रायन बुर्लले अर्धशतक बनाए। अमितले ४१ बलमा ५६ रन जोड्दा दुई छक्का र ६ चौका प्रहार गरे। बुर्लले ४३ बलमा ५० रनको योगदान गरे। उनले तीन छक्का र दुई चौका प्रहार गरे।

कप्तान सन्दीप लामिछानेले ३१ रनको योगदान गरे। ११ बल खेलेका लामिछानेले तीन छक्का र दुई चौका हाने। रहमानुल्लाह गुर्बाज १२, अमर रौटेला ७, असान प्रियन्जन ५, सुवास खकुरेल २ रन र राजु रिजाल शुन्य रनमा आउट भए । गुलशन झाले एक रन जोडे।

पोखराका लागि विवेक यादवले सर्वाधिक तीन विकेट लिए। सहन अराछिगे, विक्रम सोब, नन्दन यादव र किशोर महतोले एक–एक विकेट लिए।

Logo