कुन-कुन हुन् सफल १० युरोपेली फुटबल क्लब? (भिडियोसहित)

कुन-कुन हुन् सफल १० युरोपेली फुटबल क्लब? (भिडियोसहित)


युरोपले विश्वमा सबैभन्दा ठूलो फुटबल क्लबहरु मध्येका केही क्लबहरु होस्ट गर्छ। आज हामी तिनै फुटबल क्लबमध्येका सफल क्लबहरुको बारेका चर्चा गर्न गइरहेका छौं। यहाँ हामीले युरोप र अन्य क्लब च्याम्पियनशिपमा जितेका ट्रफीको आधारलाई लिएका छौं। 

के तपाईं अनुमान गर्न सक्नुहुन्छ कि कुन फुटबल टीमले सबैभन्दा धेरै ट्रफी जितेको छ? यी हुन् युरोपमा सबैभन्दा सफल १० फुटबल क्लबहरुः 

रियल म्याड्रिड– ८५ ट्रफी 
सन् १९०२ मा स्थापना भएको क्लब हो, रियल म्याड्रिड। रियल म्याड्रिड युरोपमा सबैभन्दा राम्रो र सबैभन्दा सफल फुटबल क्लबहरु मध्ये एक हो। म्याड्रिड च्याम्पियन्स लिगमा सबैभन्दा सफल क्लब हो। म्याड्रिडको नाममा च्याम्पियन्स लिगको १२ वटा उपाधि रहेको छ। सन् २०१७–१८ मा म्याड्रिडले पछिल्लो पटक च्याम्पियन्स लिगको उपाधि उचालेको थियो। 

यस्तै ला लिगामा म्याड्रिडले ३३ लिग उपाधि हात पारेको छ। त्यस्तै १९ कोपा डेल रे कप, ९ स्पेनिस सुपर कप र १ स्पेनिस लिग कप जितेको छ। म्याड्रिडले२ यूइएफए कप, ३ यूइएफए सुपर कप, ३ इन्टरकन्टिनेन्टल कप र १ क्लब विश्वकप पनि जितेको छ। 

बार्सिलोना–८७ ट्रफी 
सन् १८९९ मा स्थापना भएको स्पेनिस क्लब बार्सिलोनाले घरेलु उपाधिहरुमा २४ ला लिगा, २९ कोपा डेल रे, १२ सुपरकोपा डे एस्पाना, ३ कोपा ईवा डुआर्टे र २ कोपा डे ला लिगा ट्रफी जितेको छ। 

साथै पछिल्ला चार प्रतियोगिताहरुको रेकर्ड होल्डरसमेत  भएको छ। अन्तर्राष्ट्रिय क्लब फुटबलमा बार्सिलोनाले ३० युरोपेली र विश्व उपाधि जितेको छ। चार यूइएफए च्याम्पियन्स लिग र एक युरोपेली कप समेत हात पारेको छ।  

यस्तै कीर्तिमानी चार यूईएफए कप विनर्स कप, संयुक्त रेकर्ड पाँच यूइएफए सुपर कप, कीर्तिमान तीन इन्टर सिटीज फेयर्स कप र संयुक्त रेकर्ड तीन फिफा क्लब विश्वकपको ट्रफी जितेको छ। 

बार्सिलोना स्पेनमा नभई युरोप र विश्वमा सर्वश्रेष्ठ टीमसँग लडिरहेको छ। बार्सिलोना अझै रियल म्याड्रिडको प्रभावशाली १२ च्याम्पियन्स लिगको तुलनामा पुग्न तत्पर छ। 

म्यानचेस्टर युनाइटेड–६९ ट्रफी 
सन् १८७८ मा स्थापना भएको इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड घरेलु हिसाबले २० प्रिमियर लिग उपाधिसहित सबैभन्दा सफल ब्रिटिश क्लब हो। तर, युनाइटेड ३ च्याम्पियन्स लिगको उपाधिसहित युरोपमा लिभरपुलभन्दा पछाडी छ। 

युनाइटेडले १२ पटक एफए कप, ४ लिग कप, २१ एफए कम्युनिटी शिल्ड, १ कप विनर्स कप, १ यूर्ईएफए सुपर कप, १ इन्टरकन्टिनेन्टल कप र १ क्लब विश्वकप र १ यूईएफए लिग ट्रफी जितेको छ। सन् १९९९ मा युनाइटेडले च्याम्पियन्स लिग, एफए कप र प्रिमियर लिग ट्रफीहरुसमेत कब्जा गरेको थियो। युनाइटेडले हालसालै मात्र क्रिष्टियानो रोनाल्डोलाई आफ्नो टिममा भित्र्याएको छ। 

युभेन्टस–६२ ट्रफी 
इटालियन फुटबलको इतिहासमा सबैभन्दा सफल क्लब हो, युभेन्टस। सन् १७९७ मा स्थापना भएको युभेन्टसले ३३ सिरी ए उपाधि हात पारेको छ। यस्तै १२ इटालियन कप, ७ इटालियन सुपर कप, २ युरोपियन कप, ३ यूईएफए कप, १ कप विनर्स कप, २ यूईएफए सुपर कप र दुई इन्टरकन्टिनेन्टल कप जितेको छ। युभेन्टसले लगातार ६ वर्षसम्म सिरी ए जितेको छ। 

बार्यन म्युनिख–६९ ट्रफी 
जर्मनीको एफसी क्लब बार्यन म्युनिख एक यस्तो क्लब हो, जसको नाममा धेरै रेकर्डहरु छन्। सन् १९०० मा स्थापना भएको यस क्लबको तालिकामा बुन्डेस्लिगा शीर्ष उपाधि हो । ५३ प्रमुख ट्रफी र १६ अन्य क्लब ट्रफीसँगै म्युनिख सबैभन्दा सफल युरोपेली क्लबहरुमध्ये एक हो। 

पार्टो–७४ ट्रफी 
पार्टो पोर्चुगलमा ठूलो तीन टोलीहरुमध्ये एक हो। लिस्बन आधारित प्रतिद्वन्दी बेनफिका र सीपीसँग उसको खेल जोडिन्छ। पार्टो पोर्चुगलमा दोस्रो सबैभन्दा सफल टिम हो। पार्टोले ७४ आधिकारिक ट्रफी र ६७ घरेलु प्रतियोगिताहरुमा सफलता हासिल गरेको थियो। 

सन् १९९४–९५ र १९९८–९९ बीच लगातार पाँच प्रमुख उपाधिसहित २७ लिग उपाधि जितेको थियो, जुन पोर्चुगाली फुटबलको कीर्तिमान हो। १६ टाआ डे पोर्चुगल, ४ क्याम्पियोनाटो डे पोर्चुगल र रेकर्ड २० सुपरटाका कान्दीडो डे ओलीभाइरा जितेको छ। 

बेनफिका–८१ ट्रफी 
पोर्चुगलको दिग्गज एसएल बेनिफिका क्लब अहिले विश्व फुटबलमा प्रसिद्ध क्लब नहुन सक्छ तर युरोपमा एक सफल क्लब हो। जसले पोर्चुगलमा ३५ उपाधिसँगै घरेलु लिग उपाधि जितेको छ। बेनफिकाले २ पटक मात्र युरोपियन कप जितेको छ। यसले सन् १९६०–६१ र १९६१–६२ मा उपाधि जितेको थियो। 

सेल्टिक–१०३ ट्रफी 
सेल्टिकले ४८ स्कटिश लिग च्याम्पियनशिप जितेको छ। पछिल्लो समय २०१६–१७ को सिजन जितेको थियो। यस्तै स्कटिश कप ३७ पटक र स्कटिश लिग कप १७ पटक जितेको छ। सेल्टिक सन् १९६७ मा युरोपेली कप जित्ने पहिलो स्कटिश टोली हो। सेल्टिक सन् १९७० को युरोपेली कपको फाइनलमा र २००३ को यूइएफए कपको फाइनलमा पनि पुगेको थियो।

रेजर्स–११९ ट्रफी 
यो धेरै मानिसहरुको लागि एक आश्चर्यको रुपमा आउन सक्छ तर, रेजर्सले हरेक वर्षहरुमा आफ्नो घरेलु लिगमा प्रभुत्व जमाएको छ र त्योसँगै ट्रफीको धेरै कुरा आउँछ। रेजर्सले विश्वको कुनै पनि क्लबको तुलनामा धेरै लिग उपाधि र ट्रेबल्स जितेको छ। ५४ पटक लिग उपाधि, ३३ पटक स्कटिश कप र २७ पटक स्कटिक लिग कप जितेको छ । र एउटै सिजनमा तीन पटकको ट्रेबल हासिल गरेको छ। रेजर्स यूरोप र संसारमा सबैभन्दा सफल क्लब हो। रेजर्सले जम्मा ११९ ट्रफी जितेको छ। 

Logo