कार्तिक २९ देखि दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता हुने

कार्तिक २९ देखि दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता हुने


दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कार्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ । 

बुधबार नेपाल बक्सिङ संघले काठमाडौंमा पत्रकार सम्मेलन गरी दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिताबारे जानकारी दिएको हो । 

पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले प्रतियोगितामा देशभरका क्लब, जिल्लाहरुबाट सहभागी हुने खेलाडीहरु यसअघि नेपाल बक्सिङ संघको आयोजनामा भएका राष्ट्रिय तथा क्षेत्रीय प्रतियोगितामा सहभागी बनेको हुनुपर्ने बताए । 

प्रतियोगिता आईबाको नियमानुसार खेलाइने बताउँदै प्रवक्ता अवालेले आईबाको नियमानुसार भएका पुरुष तथा महिलाको सम्पूर्ण तौल समूहमा खेल हुने जानकारी दिए । 

पुरुषतर्फ १३ वटा फरक तौल समूहको ४८ देखि ९२ केजीभन्दा माथिको उमेरसमूहमा खेल हुनेछन् । महिलातर्फ ८ वटा फरक तौल समूहको ४८ देखि ६६ किलो तौल समूहमा खेल खेलाइनेछ । 

प्रत्येक तौल समूहमा कम्तिमा १० हजार नगर पुरस्कार दिने भनिएको छ । प्रायोजक बढेको खण्डमा त्यो भन्दा धेरै पुरस्कार दिइने व्यवस्था गरिने जानकारी प्रवक्ता अवालेले दिए । 

प्रवक्ता अवालेले कोरोना भाइरसको जोखिम कायमै रहेको अवस्थामा नेपालमा खेलकुद क्षेत्रमा परेको असरलाई समाधान गर्न नेपाल बक्सिङ संघले खेलकुदका गतिविधि सञ्चालन गर्न लागेको बताए । 

Logo