ईपीएलः भैरहवाद्वारा काठमाडौंलाई १८९ रनको लक्ष्य

ईपीएलः भैरहवाद्वारा काठमाडौंलाई १८९ रनको लक्ष्य


चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–२० क्रिकेटको एलिमिनेटरमा भैरहवा ग्लाडीयटर्सले काठमाडौं किङ्स–११ लाई जितका लागि १ सय ८९ रनको लक्ष्य दिएको छ। 

त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको भैरहवाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८८ रन बनायो।

भैरहवाका लागि कप्तान शरद भेषवाकरले सर्वाधिक ४९ रन बनायो। ओपनर तमिम इकबाल ९ रनमा क्याच आउट भए। यस्तै प्रदीप ऐरीले ३९ रन बनाए।

उपुल थरंगाले ३५ रनको योगदान दिए। युवा ब्याटर रोहित कुमार पौडेलले १ रन जाेडे। यस्तै कुशल मल्लले ३२ रन बनाए। आरिफ शेखले ८ बलमा १ चौका र १ छक्का सहित १५ रनको योगदान दिए। 

Logo