३ कात्तिक २०७८ बुधबार

साफ च्याम्पियनसिप: भारतले माल्दिभ्सलाई हरायो, फाइनल खेल आइतबार नेपालसँग

साफ च्याम्पियनसिपको १३औं संस्करणको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन्। 

बुधबार राति सिंगल राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३-१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो। यसअघि नेपाल बंगलादेशसँग बराबर खेल्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको थियो।

मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जीत दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे। मानबिर सिंहले एक गोल गरे। माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए।

जीतसँगै भारत शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो। भारतले ४ खेलमा ८ अंक जोड्यो। पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्दै उपविजेताको रुपमा फाइनल पुग्यो। 

फाइनल खेल आइतबार नेपाली समयअनुसार दिउँसाे ४:४५ बजे सुरु हुनेछ।

खेलकुद

प्रकाशित: २८ असोज २०७८ ०७:०२ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी