३ कात्तिक २०७८ बुधबार

आईपीएल: दिल्ली ३ विकेटले पराजित, कोलकाता फाइनलमा

दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति शारजाहमा भएको दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ३ विकेटले पराजित गर्दै कोलकाताले फाइनलमा चेन्नई सुपर किङ्ससँगको भेट पक्का गरेको हो।

दिल्लीले दिएको १३६ रनको लक्ष्य कोलकाताले १९.५ ओभरमा ७  विकेट गुमाएर पूरा गर्‍यो। कोलकाताको जीतमा भेन्काटेस एयरले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। 

दिल्लीका कागिसो राबडा, एन्रिच नोर्किया र रविचन्द्र आश्विनले समान २ विकेट लिए।

यसअघि पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १३५ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवनले ३६ रन जोड्दा श्रेयस एयरले अविजित ३० रन बनाए। 

कोलकाताका वरुण चक्रवर्तीले २ विकेट लिए।

अब फाइनलमा कोलकाताले चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। चेन्नई पहिलो क्वालिफायरमा दिल्लीलाई नै हराएर फाइनल पुगिसकेको छ। फाइनल खेल शुक्रबार दुबईमा हुनेछ। 

खेलकुद

प्रकाशित: २८ असोज २०७८ ०७:०८ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी