भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि, नेपाल ३-० गोल अन्तरले पराजित

भारतले जित्यो साफ च्याम्पियनसिप फुटबलको उपाधि, नेपाल ३-० गोल अन्तरले पराजित


साफ च्याम्पियनसिप फुटबलको उपाधि भारतले जितेको छ। भारतले नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो। यससँगै भारतले ८ पटक उपाधि जितेको छ।

आज भएको प्रतिश्पर्धात्मक खेलमा पहिलो हाफमा नेपालले उत्कृष्ट प्रदर्शन गरेको भए पनि दोस्रो हाफको सुरुमै दुई गोल खाएको थियो। 

भारतका लागि खेलको ४७ औं मिनेटमा सुनिल क्षेत्री र ४९ औं मिनेटमा सुरेश सिंहले गोल गरेका हुन्। यस्तै ८९ औं मिनेटमा सहल सहमदले थप गोल गरेपछि नेपाल ३ गोलले पराजित भएको हो।

दोस्रो हाफको सुरुमै भारतको दुई गोलसँगै नेपाल दबाबमा रहेको थियो । त्यसपछिका पटक पटकका अवसरहरु गोलमा परिणत गर्न नसकेपछि नेपालले उपाधि जित्ने अवसर गुमाएको हो। 

नेपालले पहिलो पटक दक्षिण एसियाको प्रतिष्ठित प्रतियोगिताको फाइनलमा पुगेर इतिहास बनाएको भए पनि उपाधि जित्न भने सकेन।

नेपाल र भारतबीचको फाइनल खेल मालेस्थित राष्ट्रिय रङ्गशालामा नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु भएको थियो।

नेपाली टोली 
गोलरक्षक– किरण कुमार लिम्बु (कप्तान)
डिफेन्डर– गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजबंशी, सुमन अर्याल

मिडफिल्डर–पुजन उपरकोटी, रोहित चन्द, तेज तामाङ
स्ट्राइकर–सुमन लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ

Logo