स्पेनिस ला लिगा फुटबलः बार्सिलोनाद्वारा भ्यालेन्सियालाई ३-१ ले पराजित

स्पेनिस ला लिगा फुटबलः बार्सिलोनाद्वारा भ्यालेन्सियालाई ३-१ ले पराजित


स्पेनिस ला लिगा फुटबल अन्तर्गत गए राति भएको खेलमा बार्सिलोना विजयी भएको छ। घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको हो। 

बार्सिलोनाका लागि १३ औँ मिनेटमा फाती भिएरा, ४१ औँ मिनेटमा मेम्फिस डिपे तथा ८५ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरेका थिए। भ्यालेन्सियाका लागि पाँचौँ मिनेटमा गायाले गोल गरे।

जीतपछि ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना सातौँ स्थानमा छ।

आइतबार राति भएका अरु खेलमा ओसासुनाले भिल्लारियललाई २-१, सेभिल्लाले सेल्टा डी भिगोलाई १-० तथा रायो भालेकानोले एल्चीलाई २-१ ले पराजित गरेका छन्।

Logo