युभेन्टसद्वारा रोमा १-० ले पराजित

युभेन्टसद्वारा रोमा १-० ले पराजित


इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति भएको खेलमा युभेन्टस विजयी भएको छ। युभेन्टसले रोमालाई १-० ले पराजित गरेको हो। 

युभेन्टसको जीतमा १६ औँ मिनेटमा मोइस किनले गरेको गोल नै निर्णायक बन्यो।

जीतपछि सातौँ स्थानको युभेन्टसको ८ खेलबाट १४ अंक भएको छ। पराजित रोमा १५ अंकसहित चौंथो स्थानमा छ।

आइतबार राति नै भएको खेलमा तोरिनोलाई १-० ले पराजित गरेको नापोली ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानको एसी मिलानको २२ अंक छ।

Logo