साफ खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता, स्वागतका लागि खेलकुद मन्त्री विमानस्थलमा

साफ खेलेर राष्ट्रिय टोली स्वदेश फिर्ता, स्वागतका लागि खेलकुद मन्त्री विमानस्थलमा


साफ च्याम्पियनसिप खेल्न मालदिभ्स पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फिर्ता भएको छ । च्याम्पियनसिपको उपविजेता बनेर फर्किएको टोलीलाई स्वगतका लागि खेलकुद मन्त्री महेश्वर गहतराज स्वयम विमानस्थल पुगेको थिए ।

राष्ट्रिय टोलीलाई स्वागतका क्रममा मन्त्री गहतराजले खेलाडीहरूको प्रशंसा गर्दै मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने जिकिर गरेका छन् ।

साफमा पहिलो पटक फाइनलसम्म पुगेको नेपाली टोली भारतसँग ३-० ले पराजित भएको थियो ।

Logo