बराबरीमा रोकियो आर्सनल

बराबरीमा रोकियो आर्सनल


इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतअन्तिम समयमा गोल गर्दै आर्सनल हारबाट जोगिएको छ। सोमबार राति सम्पन्न खेलमा ९५औं मिनेटमा गोल गर्दै आर्सनलले क्रिष्टल प्यालेससँग बराबरी गरेको हो।

घरेलु मैदानमा खेलको आठौं मिनेटमा पिएरे एम्रिक औबामियाङले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ५० औं मिनेटमा क्रिस्टियन बेन्टेकेले गोल गर्दै प्यालेसलाई १-१ गोलको बराबरीमा फर्काए ।

खेलको ७३ औं मिनेटमा ओड्सोन एड्वार्डले गोल गर्दा प्यालेसले २-१ को अग्रता बनायो । तर, खेलको इन्जुरी समयमा एलेक्सजेन्ड्र लाकाजेट्टीले गोल गर्दै आर्सनललाई २-२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।

यस बराबरीसँगै आर्सनलले ८ खेलमा ११ अंक जोडेको छ । आर्सनल लिगको १२ औं स्थानमा रहेको छ ।प्यालेस ८ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

Logo