एएफसी यू–२३ एसियन कप छनोट: पहिलो हाफमा नेपाल–इरान बराबर

एएफसी यू–२३ एसियन कप छनोट: पहिलो हाफमा नेपाल–इरान बराबर


एएफसी यू–२३ एसियन कप छनोटमा अहिले नेपाल र बलियो इरानबीच प्रतिस्पर्धा भइरहेको छ । 

ताजकिस्तानको दुशन्बेमा जारी खेलमा नेपालले बलियो इरानलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएको छ । पामिर स्टेडियममा जारी पहिलो हाफको १७ मिनेटमा इरानका कप्तानले पाएको पेनाल्टी सदुपयोग गर्न नसक्दा पहिलो हाफ बराबरीमा सकिएको हो ।

नेपालका डिफेन्डर अभिषेक लिम्बूले इरानका खेलाडीलाई बक्सभित्र लडाएपछि रेफ्रीले इरानलाई पेनाल्टी दिएका थिए । प्रशिक्षक बाल गोपाल महर्जनले इरानसँगको खेलमा नेपाली टोलीको कप्तानी तथा नेपाली पोस्ट अर्पण कार्कीले समाल्ने जिम्मा दिएका छन् ।  

यस्तै डिफेण्डरमा सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ रहनेका छन् । मिडफिल्डरमा रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट छन् । 

यता, नेपाली अट्याक लाइन मनिष डांगी र अभिषेक रिजालले छन् । न्युज कारखाना 

इरानविरुद्ध नेपालको सुरुवाती एघार:

गोलरक्षक – अर्पण कार्की (कप्तान)

डिफेन्डर – सुमन अर्याल, अभिषेक लिम्बू, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ

मिडफिल्डर – रोशन पहारी, आयुष घलान, सेसेहाङ आङ्देम्बे, एरिक विष्ट

स्ट्राइकर – मनिष डांगी, अभिषेक रिजाल

Logo