टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै

टी-२० विश्वकप: आज वेस्ट इन्डिज र बंगलादेश तथा पाकिस्तान र अफगानिस्तान भिड्दै


आईसीसी टी-२० विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ। शुक्रबार शारजाहमा हुने पहिलो खेलमा वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुनेछ। खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुनेछन्। दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए।

यस्तै दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ। पाकिस्तान र अफगानिस्तानबीचको खेल राति ७:४५ बजे सुरु हुनेछ। आज पाकिस्तान लगातार तेस्रो जीतको खोजीमा हुनेछ। पाकिस्तानले अघिल्ला दुई खेलमा जीत निकालेको थियो।

पाकिस्तान दुई खेलमा ४ अंक जोडेर समूह २ को शीर्ष स्थानमा छ। अफगानिस्तान भने दोस्रो जितको खोजीमा हुनेछ। अफगानिस्तान एक खेलमा २ अंक जोडेर दोस्रो स्थानमा छ।

सुपर-१२ को समूह-१ मा इंग्ल्यान्ड दुई खेलमा दुई जितका साथ ४ अंक जोड्दै शीर्षस्थानमा छ। अष्ट्रेलियाकाे दुई खेलमा समान ४ अंक भए पनि नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ। 

समूह बी मा पाकिस्तान दुई खेलमा दुई जीतका साथ शीर्षस्थानमा छ। अफगानिस्तान एक खेलमा एक जीतका साथ दोस्रो स्थानमा छ। नामिबिया एक खेलमा २ अंकका साथ तेस्रो स्थानमा छ। अंकविहीन न्युजिल्यान्ड चौथो, भारत पाँचौं र स्कटल्यान्ड पुछारमा छन्।

Logo