अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने

अमेरिकाले पहिलो पटक आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने


अमेरिकाले अर्को महिना आयरल्याण्डसँग टी-२० र वानडे सिरिज खेल्ने भएको छ। यी दुई टोलीबीचको खेल २२ डिसेम्बरबाट सुरु हुनेछ। 

अमेरिकाले टेष्ट क्रिकेट खेल्ने देशसँग पहिलो पटक सिरिज खेल्न लागेको हो। दुई टोलीबीच दुई  खेलको टी-२० र तीन खेलको वानडे सिरिज हुने अमेरिकाको क्रिकेट बोर्डले जनाएको छ। अमेरिकाले मंगलबार खेल तालिका तालिका सार्वजनिक गरेको हो। 

यो अमेरिकाका लागि आफ्नो टोलीको प्रदर्शन सुधार्ने ठूलो अवसर हुनेछ। अमेरिका र आयरल्याण्डबीचको टी-२० सिरिज २२ डिसेम्बर २०२१ देखि सुरु हुनेछ। 

सिरिजको दोस्रो र अन्तिम खेल २३ डिसेम्बरमा हुनेछ। यसबाहेक एकदिवसीय खेलको सिरिज २६ डिसेम्बरबाट सुरु हुनेछ। दोस्रो खेल २८ डिसेम्बर र तेस्रो खेल ३० डिसेम्बरमा हुनेछ यी सबै खेल फ्लोरिडामा हुनेछन्। 

Logo