१९ मंसिर २०७८ आइतबार

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटः कुवेतले दियाे नेपाललाई २८ रनको लक्ष्य

संगीता राई र कप्तान रुविना क्षेत्रीले धारिलो बलिङ गरेपछि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा कुवेतले नेपाललाई २८ रनको सामान्य लक्ष्य दिएको छ।

दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको कुवेत १५ ओभर ४ बलमा अलआउट हुँदै २७ रनमा समेटियो। कुवेतका लागि प्रियादा मुरालीले सर्वाधिक १० रन जोड्दा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन्। 

कुवेतलाई सस्तैमा समेट्न संगीता राई र कप्तान रुविना क्षेत्रीले समान तीन-तीन विकेट लिए। यस्तै करुणा भण्डारी र सरस्वतीकुमारी चौधरीले एक-एक विकेट लिए।

ग्लोबल छनोटको सम्भावनालाई कायमै राख्न नेपाललाई कुवेतविरुद्धको खेल जित्नै पर्ने दबाब छ।

नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएकाे थियाे। दोस्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको थियो। नेपाल कुवेतलाई पराजित गर्दै ६ टोली सहभागी प्रतियोगिताको शीर्ष स्थानमा पुग्ने दाउमा छ। 

खेलकुद

प्रकाशित: ९ मंसिर २०७८ १३:०९ बिहीबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी